काठमाडौं । नेप्से बढेको छ । साताको पहिलो कारोबार दिन आज सोमबार नेप्से २७ दशमलव ८५ अंकले बढेर २७ सय ८६ दशमलव ३५ अंकमा पुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ८५ अंकले बढेर चार सय ७५ दशमलव ७४ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय ४२ वटा कम्पनीहरुको ७५ हजार आठ सय ५६ पटकको कारोबारमा एक करोड ४५ लाख ४० हजार २२ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम पाँच अर्ब ९८ करोड ६४ लाख १२ हजार छ सय रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा सामुहिक लगानी कोष समुहको सुचक झिनो अंकले घटेपनि बाँकी समुहहरुको सुचक उच्च अंकले बढेकाछन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक १२ दशमलव ५० अंकले बढेर १४ सय ६९ दशमलव २९ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ५८ दशमलव ७५ अंकले बढेर तीन हजार नौं सय ६२ दशमलव २३ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ८१ दशमलव ३३ अंकले बढेर १२ हजार पाँच सय ९७ दशमलव ६७ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि एक सय तीन दशमलव ३० अंकले बढेर १० हजार आठ सय ९४ दशमलव ५८ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र व्यापार समुहको सुचक पनि उच्च बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा थ्रि स्टार हाईड्रोपावर कम्पनी लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा बुंगल हाईड्रोपावर कम्पनी लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने आखुखोला जलबिद्युत कम्पनी लिमिटेड पहिलो स्थानमा परेको छ ।