मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

फेरि ओरालो लाग्यो शेयर बजार, १२ अंकले घट्दा तीन अर्ब ८९ करोडको शेयर किनबेच

बिहिबार, जेष्ठ ७ २०८३

काठमाडौं । नेप्से फेरि ओरालो लागेको छ । अघिल्लो दिन ३० दशमलव शुन्य आठ अंकले बढेको नेप्से साताको चौंथो कारोबार दिन आज बिहिबार पुन १२ दशमलव ३६ अंकले घटेर २७ सय ४२ दशमलव ११ अंकमा झरेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ५७ अंकले घटेर चार सय ६९ दशमलव ४८ अंकमा झरेको छ । नेप्सेमा आज तीन सय ४८ वटा कम्पनीहरुको ४४ हजार सात सय ४४ पटकको कारोबारमा ८९ लाख ५५ हजार पाँच सय ४५ कित्ता शेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम तीन अर्ब ८९ करोड ८४ लाख १८ हजार तीन सय ८५ रुपैंयाँ पुगेको छ।

नेप्सेमा आज वटा समुहहरुको शेयर कारोबार भएकोमा सामुहिक लगानी कोष समुहको सुचक झिनो अंकले बढेको छ भने व्यापार समुहको सुचक स्थिर रहेको छ । यि बाहेक बाँकी समुहहरुको सुचक घटेका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुुचक आठ दशमलव ३३ अंकले घटेर १४ सय ४७ दशमलव ९४ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि २६ दशमलव ६५ अंकले घटेर ३८ सय ५३ दशमलव ५७ अंकमा झरेको छ । जीवन बीमा समुहको सुचक पनि १३ दशमलव ४३ अंकले घटेर १२ हजार चार सय ७३ दशमलव शुन्य सात अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि ४६ दशमलव ६४ अंकले घटेर ११ हजार एक सय ७३ दशमलव ३५ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त र अन्य समुहको सुचक पनि उच्च अंकले घटेका छन्।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा प्रभु बैंकको ऋणपत्र २०८७ परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा अपर लोहेरे खोला जलबिद्युत कम्पनी लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने आखुखोला जलबिद्युत कम्पनी लिमिटेड परेको छ।