मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

नेप्सेमा करेक्सन, ३८ अंकले बढ्दा तीन अर्ब ८२ करोडको शेयर किनबेच

बुधबार, जेष्ठ ६ २०८३

काठमाडौं । नेप्सेमा करेक्सन देखिएको छ । अघिल्लो दिन छ छ दशमलव ५१ अंकले घटेको नेप्से साताको तेस्रो कारोबार दिन बुधबार भने ३० दशमलव शुन्य आठ अंकले बढेर २७ सय ५४ दशमलव ४८ अंकमा पुगेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ६८ अंकले बढेर चार सय ७१ दशमलव शुन्य छ अंकको पुगेको छ । नेप्सेमा आज तीन सय ४६ पटकको कारोबारमा ५२ हजार तीन सय ३६ पटकको कारोबारमा एक करोड छ लाख ६१ हजार चार सय ७६ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम तीन अर्ब ८२ करोड आठ लाख ९६ हजार नौं सय ६६ रुपैंयाँ पुगेको छ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा सबै समुहहरुको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक १० दशमलव ६७ अंकले बढेर १४ सय ५६ दशमलव २७ अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक पनि ७२ दशमलव २३ अंकले बढेर तीन हजार आठ सय ८० दशमलव २३ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि एक सय २० दशमलव ९९ अंकले बढेर १२ हजार चार सय ८६ दशमलव ५० अंकमा पुगेकोमा निर्जीवन बीमा समुहको सुचक पनि ४७ दशमलव ६० अंकले बढेर १० हजार आठ सय छ दशमलव ८४ अंकमा पुगेको छ । बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि बढेका छन्।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा अप्पर लोहेरे खोला हाईड्रोपावर कम्पनी लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा कर्पोेरेट डेभलपमेन्ट बैंक परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा पनि कर्पोरेट डेभलपमेन्ट बैंक नै पहिलो स्थानमा परेको छ।