मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

पुन घट्यो नेप्से, छ अंकले घट्दा तीन अर्ब आठ करोडको शेयर किनबेच

मंगलबार, जेष्ठ ५ २०८३

काठमाडौं । नेप्से पुन घटेको छ । अघिल्लो दिन एक दशमलव शुन्य तीन अंकले घटेको नेप्से साताको दोस्रो कारोबार दिन आज मंगलबार छ दशमलव ५१ अंकले घटेर २७ सय २४ दशमलव ३९ अंकमा पुगेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ६८ अंकले घटेर चार सय ६७ दशमलव ३७ अंकमा झरेको छ । नेप्सेमा आज तीन सय ४६ वटा कम्पनीहरुको ४५ हजार पाँच सय १९ पटकको कारोबारमा ७८ लाख १६ हजार चार सय ७८ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम तीन अर्ब आठ करोड ७७ लाख ३० हजार नौं सय ६२ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा चार वटा समुहहरुको सुचक बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । जसमध्ये बिकास बैंक समुहको सुचक ४५ दशमलव ३६ अंंकले बढेर पाँच हजार आठ सय ६४ दशमलव २३ अंकमा पुगेको छभने फाईनान्स समुहको सुचक पनि एक दशमलव ८३ अंकले बढेर २३ सय ५६ दशमलव ५० अंकमा पुगेको छ ।

निर्जीवन बीमा समुहको सुचक पनि ६० दशमलव १० अंकले बढेर १० हजार सात सय ५९ दशमलव २४ अंकमा पुगेकोमा लघुवित्त समुहको सुचक पनि छ दशमलव १४ अंकले बढेको छ । यि बाहेक बाँणिज्य बैंक समुहको सुचक एक दशमलव ५६ अंकले घटेर १४ सय ४५ दशमलव ६० अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि १९ दशमलव ४० अंकले घटेर तीन हजार आठ सय सात दशमलव ९९ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि २७ दशमलव ९८ अंकले घटेर १२ हजार तीन सय ६५ दशमलव ५० अंकमा झरेकोमा होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि क्रमशः ४४ दशमलव २७, शुन्य दशमलव २३, ७५ दशमलव ७९, शुन्य दशमलव शुन्य चार, सात दशमलव ८४ र ४६ दशमलव ९२ अंकले घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा कर्पोरेट डेभलपमेन्ट बैंक परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सिटी होटल लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा पनि सिटी होटल लिमिटेड नैं पहिलो स्थानमा परेको छ ।