वीरेन्द्रनगर । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय सहमतिमा प्रदेश सरकार गठन भए मात्र आफ्नो दल सरकारमा सहभागी हुने स्पष्ट पार्नुभएको छ।
प्रेस सेन्टर नेपाल ले आज वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) सँग मिलेर सरकार गठन गर्ने पक्षमा आफू नरहेको बताउनुभयो।
उहाँले मधेसवादी दलसहित सबै राजनीतिक दलको सहमतिमा संयुक्त सरकार बनेमा मात्रै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सरकारमा जाने धारणा राख्नुभयो।
प्रचण्डले कांग्रेस र एमालेबाट अलग–अलग रूपमा सरकार निर्माणका प्रस्ताव आए पनि आफूले ती प्रस्ताव अस्वीकार गरिसकेको जानकारी दिनुभयो।