काठमाडौं । यू–१९ एसिया पक क्रिकेट खेल्ने नेपाली टीमको घोषणा गरिएको छ । टोलीमा सन्दीप जोरा, आसिफ शेख र सूर्य तामाङको पुनरागमन भएको छ । रोहितकुमार पौडेलको कप्तानीमा घोषणा गरिएको टीममा ऋत गौतम, पवन शरार्फ, भीम सार्की, हरिबहादुर चुहान, कुशल मल्ल, रासिद खान, कमलसिंह ऐरी, सागर ढकाल, खडकबहादुर बोहोरा, लोकेशबहादुर बम र प्रतिश जिसी छन् ।
टीमबाट विशालविक्रम केसी र तिलकराज भण्डारी भने बाहिरिएका छन् । २० भदौबाट शुरु हुने खेलमा नेपालको पहिलो प्रतिश्पर्धा आयोजक श्रीलंकासँग हुनेछ ।