बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सुनको मूल्य फेरि वृद्धि, तोलामा ३ सय रुपैयाँ बढ्यो

बुधबार, भाद्र ४ २०७६

काठमाडौं । सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ बुधबारका लागि प्रतितोला ७१ हजार ३ सय रुपैयाँ तोकिएको छ।

यसअघि भदौ १ गते तोलामा ५ सय रुपैयाँ घटेर ७१ हजार रुपैयाँ कायम भएको सुनको मूल्य तीन दिन स्थिर थियो।

बुधबार फेरि ३ सयले बढेको हो।  सुनसँगै चाँदीको भाउ पनि थोरै बढेको छ। चाँदी तोलामा ५ रुपैयाँले बढेर ८३० रुपैयाँ पुगेको छ।