बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सेञ्चुरी बैंकद्वारा वैदेशिक रोजगार व्यवसायीहरुकोे लागि बैंक ग्यारेण्टी सुविधा

मंगलबार, भाद्र ३ २०७६

काठमाडौं ।  सेञ्चुरी कर्मसियल बैंकले वैदेशिक रोजगार व्यवसायीहरुकोे लागि  बैंक ग्यारेण्टी सुविधा दिने भएको छ । बैंकले मुलुकको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको विप्रेशणसंग प्रत्यक्ष सम्बन्ध राख्ने वैदेशिक रोजगार व्यवसायीहरुलाई सुविधा दिने उद्देश्य सहित हालै नेपाल सरकारले वैदेशिक रोजगार ऐन २०६४ लाई २०७५/११/१९ मा गरेको संशोधन बमोजिम बैंक ग्यारेण्टी सुविधा प्रदान गर्ने निर्णय गरेको हो ।

यस अन्तर्गत बैंकले एक करोड ५० लाख रुपैयाँ बराबरको बैंक ग्यारेन्टी पाँच बर्षको लागि जारी गर्ने छ । सो अनुुुसार नगद मार्जिन २० लाख रुपैयाँ र कमिशन चार लाख रुपैयाँ तोकिएको बैंकले जानकारी दिएको छ ।

साथै बैंकले विदेशी मुद्रा सटहीमा आकर्षक सुविधा दिनुको साथै वैदेशिक रोजगारमा जाने कामदारहरुको लागि विशेष खाता सुविधा पनि सञ्चालनमा ल्याएको छ । यो व्यवस्थाबाट वैदेशिक रोजगार व्यवसायीहरुलाई काम गर्न सजिलो हुनुको साथै कामदारहरुलाई समेत थप सहयोग पुग्ने विश्वास लिएको बैंकले जनाएको छ ।