बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सप्तरीमा जीप दुर्घटना, पत्रकार डायलसन अधिकारीको मृत्यु

शनिबार, साउन ३२ २०७६

राजविराज । सप्तरीको कञ्चनरुपमा शनिबार भएको जीप दुर्घटनामा पत्रकार डायलसन अधिकारीको मृत्यु भएको छ  । घटनामा अन्य चार जना घाइते भएका छन् । 

पूर्वपश्चिम राजमार्गको कञ्चनरुप –११ स्थित बक्साहामा बा १६ च २२३५ नम्बरको जीप दुर्घटना हुँदा उनको निधन भएको हो । ३५ वर्षीय पत्रकार अधिकारी रेडियो नेपालमा कार्यरत थिए । 

घटनामा जीपका चालक अशोक भण्डारीको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।