काठमाडौं, साउन ३० । नेप्सेको ओरालो गतिले साताको अन्तिम कारोवार दिन आज बिहिबार पनि निरन्तरता पाएको छ । नेप्से आज एक दसमलव ८६ अंकले घटेर १२ सय २४ दसमलव तीन अंकमा झर्दा सेन्सिटिभ एक दसमलव २४ अंकले घटेर दुुई सय ६४ दसमलव ६८ अंकमा झरेको छ ।
आज एक सय ५९ कम्पनीहरुको पाँच हजार नौ सय ११ वटा कारोवारमा १६ लाख १० हजार पाँच सय ४० कित्ता सेयर किनबेच भएकाछन भने सेयर कारोवार रकम ४२ करोड ४३ लाख २३ हजार एक सय २८ रुपैयाँ पुुगेको छ ।
आज १२ वटा समुहको कारोवार भएकोमा गुमाउने भन्दा कमाउने समुह धेरै देखिएकाछन । गुमाउने समुहमा परेको बाँणिज्य बैक समुहको सुचक दुुई दसमलव ३३ अंकले घटेर ११ सय दुुई दसमलव ४५ झरेको छ भने जलबिद्युुत समुहको सुचक सात दसमलव ९५ अंंकले घटेर एक हजार ८४ दसमलव ११ अंकमा झरेको छ ।
अन्य, लघुुुबित्त र सामुुहिक लगानी कोष पनि आज गुमाउने समुहमा परेकाछन । कमाउने समुहमा भने आज बिकास बैक, निर्जिवन बीमा, जीवन बीमाा टे«डिङ, होटल, फाईनान्स र उत्पादनमुुलक समुह परेकाछन ।
यसैगरी कमाउने कम्पनीहरुको सुचीमा आज मञ्जुुश्री फाईनान्स, बिशाल बजार कम्पनी आदि परेकाछन भने गुमाउने कम्पनीह्रुको सुचीमा वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाईनान्स, युुनाईटेड मोदी हाईड्रो पावर कम्पनी आदि परेकाछन ।
कारोवार भएको रकमको आधारमा भने आज माछापुच्छ«े बैंक, नेपाल बैंक, एनआईसी एशिया लगायतका कम्पनीहरु अगाडि परेकाछन ।