काठमाडौं, साउन ३० । नेपाल बैंक लिमिटेड कृष्णनगर शाखाले कृष्णनगर नगरपालिका परिसरमा एक्सटेन्सन काउन्टर स्थापना गरेको छ । उक्त विस्तारित काउन्टरको प्रमुख अतिथि कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले एक विशेषः समारोहका बीच समुद्घाटन गरेका हुुन ।
सो अवसरमा प्रमुख अतिथि शाहले नेपाल बैकको काउन्टर विस्तारबाट स्थानीय जनतालाई सुविधा थपिएकोमा प्रशन्नता व्यक्त गर्दै नेपाल बैकलाई धन्यवाद ज्ञापन गरे ।
सो अवसरमा विशेष अतिथि नेवैलि प्रदेश नम्बर ५ प्रादेशिक कार्यालय प्रमुख पासांग दोर्जि शेर्पाले नेपाल बैक लिमिटेडले प्रदान गर्ने समग्र सेवाहरु बारे प्रकाश पार्दै आगामी दिनमा बैक अरु ग्राहकमुखी बन्ने प्रतिवध्दता प्रकट गरे ।
नेवैलि कृष्णनगर शाखाका प्रवन्धक सुरेन्द्र प्रसाद यादवको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाल सशस्त्र प्रहरीका नायव उपरिक्षक सुशिल कुमार शाही, ईलाका प्रहरी कार्यालयका ईन्सपेक्टर प्रताप पौडेल, बैक कर्मचारी कमलेश वहादुर थारु र सुश्री सरस्वती के.सी.लगायतले बैक सेवाका विविध पक्षमा प्रकाश पारेका थिए ।
नेपाल बैक लिमिटेड कृष्णनगर शाखाले यस अघि कृष्णनगरकै अन्य २ स्थानमा एक्सटेन्सन काउन्टर स्थापना गरिसकेको छ ।