काठमाडौं साउन, २९–
इ सेवाक्यास पोइन्टको तर्जुमा, विकास तथा कार्यान्वयनगर्नको लागि ईसेवा फोनपे प्रालिले युके एडको सक्षम (एक्सेस टु फाइनान्स) सँग एक सम्झौतामा हस्ताक्षर गरेको छ । सम्झौतापत्रमा इसेवा फोनपेका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा तथा युके एडको सक्षमका तर्फबाट टिम लिडर निर्मल दाहालले हस्ताक्षर गरेका हुुन् ।
सम्झौतामार्फत् स्थापित गरिएका इसेवाक्यास पोइन्टले डिजिटल माध्यममार्फत् ग्रामीण उपभोक्ताहरुलाई वित्तीय सेवाहरु प्रदान गर्नेछन् । यस परियोजनाको उद्देश्य भनेको वित्तीय सेवाहरुपमा आमनागरिकहरुको पहुँच वृद्धि गर्नुका साथै सम्पूर्ण वित्तीय सेवामा पहुँच नभएका वा कम पहुँच भएका नागरिकहरुमा नवीन डिजिटल वित्तीय सेवाहरुको पहुँच बढाउने कामको प्रवद्र्धन गर्ने हो ।
समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भन्नुभयो, “डिजिटल माध्यमबाट ग्रामीण भेगका बासिन्दाहरुलाई वित्तीय सेवामा पहुँच प्रदान गर्नको लागि युके एडको सक्षमसँग साझेदारी गर्न पाउँदा हामीलाई खुसी लागेको छ । हामी इसेवाक्यास पोइन्टको प्रणाली स्थापित गर्नेछौँ जसले ग्रामीण भेगमा कम सेवा पाइरहेका वा सेवा नै नपाइरहेका उपभोक्तालाई उत्कृष्ट वित्तीय समाधानहरु प्रदान गर्न सक्छन् । त्यसको नतिजा स्वरुप बढी कारोबार लागत भएका सेवाहरुको विकल्प क्यास पोइन्ट हुन सक्छ र वित्तीय सेवा प्राप्त गर्ने जनसंख्याको हिस्सा पनि वृद्धि गर्नेछ ।”
सक्षम एक्सेस टु फाइनान्स नेपालतथा संयुक्त अधिराज्य सरकारबीच भएको सम्झौता बमोजिम सञ्चालन भैरहेको एक कार्यक्रम हो । यसलाई डीएफआईडी नेपालको तर्फबाट लुइस बर्जरले स्थानीय तथा अन्तराष्ट्रिय संस्थाहरुसंगको साझदारीमा कार्यान्वयन गरिरहेको छ ।
इसेवा नेपाल राष्ट्र ्रबैंकबाट भुक्तानी सेवा प्रदायकको लाइसेन्स् प्राप्त नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी हो । इसेवामा २० लाख ग्राहक, ५५ हजार एजेन्ट नेटवर्क, ५४ वटा सदस्य बैंक तथा ३० हजार मर्चेन्टको सञ्जाल रहेको छ ।