काठमाडौँ । चलचित्र पत्रकारहरूको साझा संस्था चलचित्र पत्रकार सङ्घ नेपालमा समीर बलामी पुनः अध्यक्षमा निर्वाचित भएका छन्।
काठमाडौँमा सम्पन्न २७औँ वार्षिक साधारणसभा तथा १०औँ महाधिवेशनबाट बलामी दोस्रो पटक अध्यक्षमा निर्वाचित भएका हुन्।
सङ्घको उपाध्यक्षमा रघुनाथ सापकोटा र कार्यक्रम उपाध्यक्षमा कुमार आचार्य चयन भएका छन्। त्यसैगरी महिला उपाध्यक्षमा दीपज्योति थापा, महासचिवमा गोपिकृष्ण चापागाईं, खुला सचिवमा मदन रिजाल र समावेशी सचिवमा मोहम्मद जालिम निर्वाचित भएका छन्।
कोषाध्यक्षमा मनिष अन्जान (दाहाल) र सह–कोषाध्यक्षमा अर्जुन गुरागाईं चयन भएका छन्।
सदस्यहरूमा युवर्ण पौडेल, रतनबहादुर चन्द, सोजना लोहार, सुशील नेपाल, दिनेश थापा, नविन चापागाईं, दीपराज क्षेत्री र सालिकराम न्यौपाने चयन भएका छन्।
सङ्घका महासचिव चापागाईंका अनुसार महाधिवेशनले नयाँ कार्यसमितिको गठनसँगै संगठनलाई थप सुदृढ बनाउने लक्ष्य लिएको छ।