काठमाडौ, साउन २८ । नेप्से फेरि पनि ओरालो गति सुररु भएको छ । अघिल्लो दिन सामान्यरुपमा बढेको नेप्से आज मंगलबार दुुई दसमलव ७८ अंकले घटेर १२ सय ३१ दसमलव सात अंकमा पुुग्दा सेन्सिटिभ पनि शुन्य दसमलव ५८ अंकले घटेर दुुई सय ६७ दसमलव १४ अंकमा पुुगेको छ ।
आज एक सय ६५ कम्पनीहरुको नौ हजार तीन सय ७५ वटा कारोवारमा १८ लाख ९६ हजार चार सय ५४ कित्ता सेयर किनबेच भएकाछन भने सेयर कारोवार रकम ४८ करोड १६ लाख २९ हजार सात सय ६० रुपैयाँ पुुगेको छ ।
आज ११ वटा समुहको कारोवार हुुंदा १० वटा समुहले गुमाएकाछन भने सामुुहिक लगानी कोष समुहले कमाएकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक एक दसमलव ३१ अंकले घटेर ११ सय ११ दसमलव २८ अंकमा पुुग्दा बिकास बैंक समुहको सुचक सात दसमलव २४ अंकले घटेर १५ सय ८८ दसमलव ७५ अंकमा झरेको छ ।
जलबिद्युुत, लघुबित्त, निर्जिवन बीमा, जीवन बीमा, होटल, फाईनान्स, उत्पादनमुुलक र अन्य समुहको सुचक पनि घटेकाछन ।
कमाउने कम्पनीहरुको सुचीमा आज युनाईटेड मोदी हाईड्रो पावर कम्पनीको प्रतिकित्ता, वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाईनान्स आदि परेकाछन भने गुमाउने कम्पनीहरुको सुचीमा एनएलजी इन्स्योरेन्स कम्पनी, प्रुुडेन्सीयल इन्स्योरेन्स कम्पनी आदि परेकाछन ।
यसैगरी रकम कारोवार भएको आधारम भने आज माछापुच्छे« बैंक, लक्ष्मी बैक आदि परेकाछन ।