मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

म्याथम्याटिक्स एशोसियसन अफ नेपाल ‘मेन’ को नेतृत्वमा कंडेल

आइतबार, चैत्र २९ २०८२

काठमाडौं । नेपाल गणित संघ (म्याथम्याटिक्स एशोसियसन अफ नेपाल ) ‘मेन’ को नयाँ केन्द्रीय कार्यसमिति चयन भएको छ ।

काठमाडौं विश्वविद्यालय, स्कुल अफ एजुकेसन, ललितपुरमा सम्पन्न संघको चौॅथो साधारण सभाले संघका पूर्व उपाध्यक्ष श्री हरि प्रपन्न कँडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

निवर्तमान कार्यसमितिका अध्यक्ष डा. बिनोद प्रसाद पन्तको अध्यक्षता र प्रा. डा. कहैंया झा साथै डा. जीवन काफ्लेको विशेष आतिथ्यतामा बसेको साधारण सभाले कँडेलको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

नवनिर्वाचित कमिटीको उपाध्यक्षमा प्रदिप बहादुर थापा, महासचिवमा छबि ढुंगाना, सचिवमा हरिशरण पण्डित र कोषाध्यक्षमा नारायण पौडेल निर्वाचित भएका छन् ।

त्यसैगरी, समितिको सदस्यहरुमा राजकुमार महतो, सबिन्द्र गिरी, सुमन खड्का, प्रकाश श्रेष्ठ, हरि भजन गेलाल र गोपाल भण्डारी चयन भएका छन् । बाँकी पदाधिकारीहरु भने संघको आगामी बस्ने पूर्ण बैठकले मनोनीत गर्ने महासचिव ढुंगानाले जानकारी गराएका छन् ।

सभाले संघको संरक्षकमा सह प्रा. डा. बिनोद प्रसाद पन्त र दीपक बास्तोला तथा सल्लाहकारमा प्रा. डा. बालचन्द्र लुइटेल, प्रा. डा. कह्नैया झा र डा. जीवन काफ्ले रहने निर्णय गरेको छ ।

संघले विशेषगरी विश्वस्तरमा हुने गणित प्रतियोगितामा नेपालबाट सहभागिता जनाउने गर्दछ । चिनको सांघाईमा यसै वर्ष सम्पन्न हुन गइरहेको इन्टरनेशनल म्याथम्याटिक्स ओलम्पियड (आईएमओ) २०२६ मा ६ जना नेपाली विद्यार्थीहरूले सहभागीता जनाउने निश्चित भएको बताएका छन् । आगामी दिनमा यस्ता क्रियाकलापमा सक्रियता कायम राख्दै यस्ता अन्तर्राष्ट्रिय प्रतियोगितामा सक्रिय सहभागीतालाई जोड दिँदै विभिन्न पदकहरु देशका लागि हासिल गर्ने प्रमुख लक्ष्य रहेको महासचिव ढुंगानाले जनाए ।