बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

झण्डै तीन अंकले घट्यो नेप्से, कमाउने भन्दा गुमाउने समुह धेरै

मंगलबार, चैत्र २४ २०८२

काठमाडौं । नेप्से घटेको छ । अघिल्लो दिन अघिल्लो दिन ८३ दशमलव ३३ अंकले बढेको नेप्से आज मंगलबार दुई दशमलव ६१ अंकले घटेर २७ सय ५७ दशमलव ४० अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ७८ अंकले घटेर चार सय ७१ दशमलव १३ अंकमा पुगेको छ । तीन सय ४५ वटा कम्पनीहरुको ८१ हजार पाँच सय ८२ पटकको कारोबारमा एक करोड ७४ लाख छ हजार छ सय १६ कित्ता शेयर किनबेच भएका छन् भने आज कुल कारोबार रकम छ अर्ब ७३ करोड ७१ लाख ४८ हजार एक सय ५० रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा चार वटा समुहले कमाएपनि बाँकी समुहले गुमाएका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक शुन्य दशमलव ६७ अंकले बढेर १४ सय ५१ दशमलव ८७ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि पाँच दशमलव ९८ अंकले बढेर तीन हजार आठ सय सात दशमलव ६४ अंकमा पुगेको छ । होटल तथा पर्यटन र अन्य समुहको सुचक पनि आज बढेका छन् । बिकास बैंक समुहको सुचक भने ३७ दशमलव ३२ अंकले घटेर पाँच हजार नौं सय नौं दशमलव १८ अंकमा पुगेको छ भने जीवन बीमा समुहको सुचक पनि ५८ दशमलव शुन्य नौं अंकले घटेर १२ हजार छ सय ९८ दशमलव ५२ अंकमा पुगेको छ । निर्जीवन बीमा समुहको सुचक पनि ३६ दशमलव ९३ अंकले घटेर ११ हजार २४ दशमलव शुन्य नौं अंकमा पुगेको छ भने फाईनान्स, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र व्यापार समुहको सुचक पनि घटेका छन् ।

नेप्सेमा आज भुजुङ हाईड्रोपावर कम्पनी लिमिटेडले सबैभन्दा बढी कमाउँदा एनआईबिएल ग्रोथ फण्डले सबैभन्दा बढी गुमाएको छ । ङादी ग्रुप पावर कम्पनी लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।