बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

ब्यङ्ग्यात्मक शैलीमा ‘नामर्द पोइ’

आइतबार, साउन २६ २०७६

पोखरा । नेपालीहरुको महान पर्व हरितालिका तीज नजिकिँदै गर्दा तीजका गीतहरु धमाधम सार्बजनिक भैरहेका छन् । यसै क्रममा बहुचर्चित गायिका तथा नायिका तुलसी क्षेत्रीको ब्यङ्ग्यात्मक शैलीमा तीज गीत ‘नामर्द पोइ’ सार्वजनिक भएको छ ।

एउटा बिवाहित नारीलाई बच्चा नहुनुको पिडा कति हुन्छ त्यो नारीलाई मात्रै थाहा हुन्छ यस्तै विषयबस्तुलाई समेटिएर बनाइएको क्षेत्रीको तीज गीत नामर्द पोइमा तुलसी क्षेत्रीको स्वर रहेको छ भने उत्त गीतलाई बहुचर्चित सगीतकार बिबि अनुरागिले सङीत तथा एरेन्ज गरेका हुन ।

गीतको शब्द गोकुल सापकोटाले लेखेका छन् । गीतमा एसिका क्षेत्रीले कम्मर मर्काएकी छिन भने गायिका क्षेत्रीको र हास्यकलाकार युवराज भन्डारीको दम्दार अभिनय देख्न सकिन्छ । उत्त गीतलाई गनेश सापकोटाको छायांकन र युवराज भन्डारीले निर्देशन गरेका हुन् ।