काठमाडौं । नेप्से उच्च अंकले बढेको छ । साताको पहिलो दिन आज आईतबार नेप्से ५४ दशमलव ५१ अंकले बढेर २९ सय ३१ दशमलव ५५ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि ११ दशमलव ११ अंकले बढेर पाँच सय पाँच दशमलव ३१ अंकमा चढेको छ । नेप्सेमा आज तीन सय ६४ वटा कम्पनीहरुको दुई लाख चार हजार नौं सय ५५ पटकको कारोबारमा छ करोड १४ लाख सात हजार ७४ कित्ता शेयर किनबेच भएका छन् भने कारोबार रकम २३ अर्ब ५९ करोड ७७ लाख १२ हजार एक सय ८२ रुपैंयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा १२ वटा समुहको सुचक बढेको छ भने व्यापार समुहको सुचक घटेको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ३८ दशमलव शुन्य दुई अंकले बढेर १५ सय ६० दशमलव ९२ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि १३ दशमलव २३ अंकले बढेर तीन हजार नौं सय १९ दशमलव ५६ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि दुई सय ७३ दशमलव शुन्य सात अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि तीन सय १८ दशमलव ५९ अंकले बढेर ११ हजार नँैं सय ९६ दशमलव ३८ अंकमा पुगेको छ । बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि उच्च अंकले बढेका छन् ।
नेप्सेमा आज कर्पोरेट डेभलपमेन्ट बैंकले सबैभन्दा बढी कमाउँदा एनआईसी एशिया व्यालेन्स फण्डले सबैभन्दा बढी गुमाएको छ । कुमारी बैंक लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।