बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

काठमाडौं मेरिएट होटलद्वारा एशियन विशेषताको रेष्टुरेन्ट

शुक्रबार, साउन १७ २०७६

साउन १७, काठमाडौं । काठमाडौं मेरिएट होटलले थाइल्याण्ड र भारतका राजदुतहरुको उपस्थीतिमा आफ्नो रेष्टुरेन्ट एडमामेको उद्घाटन गरेको छ । यस अवसरमा काठमाडौं मेरिएट होटलले नेपालका विशिष्ट व्यक्तित्वहरुलाई डिनरको लागि आमन्त्रण गरेको थियो ।

उनीहरुलाई आधुनिक परिकारहरुका थाई, जापानी र चिनियाँ खानाहरु पेश गरिएको थियो । एडमामे एक आरमदायी, उच्च गुणस्तरीय, आधुनिक एशियन विशेषता भएको रेष्टुरेन्ट हो जसले जापानी, थाई र चिनियाँ खानाको विभिन्न परिकार पस्कन्छ ।

यो रेष्टुरेन्टमा विशेष गरि याकिटोरी ग्रिल, लाइभ सुशी बार, डिम सम स्टेशन तथा एशियनबाट प्रेरित ककटेल सर्भ गर्नेबार पनि रहेकाछन् । एडमामेमा भएको शानदार सजावट, इन्ट्रिकेट प्याट्रन, रेशमको कपडा तथा आर्कषक एशियन कलाले तपाईंलाई एशियन देशहरुमा भएको महशुस गराउँछ ।

यी डिजाइनले प्राचिन विश्वको केहि रहस्यमय घटनाहरुको संज्ञा गर्दछ र अनुपम भोजनको अनुभव प्रदान गर्न यो स्पेस अत्यन्तै पृथक रहेको छ ।
एडमामेका एक्जुकेटिभ सेफ संजीव रञ्जन र सेफ निन्जाले हरेक उत्पादन स्वादीष्ट बनाउन उच्च गुणस्तरीय सामग्री प्रयोग भएको सूनिश्चित गर्दछन् ।

यसको शुद्ध स्वाद हाइलाइट गर्न विशेष ध्यान दिएर हरेक अनुभवलाई यादगार बनाउन विशेष सावधानी अपनाएर दक्ष क्युलेनरी सीपको उपयोग गर्दै आएका छन् ।

उद्घाटन समारोहमा बोल्दै काठमाडौं मेरिएट होटलका जनरल म्यानेजर जिनलुईस रिपोचेले भन्नुभयो, “एडमामेमा हामी सिग्नेचर खाना भन्दा फरक क्युसाइन पेश गर्दछौं जुसले यहाँ खाना खाने हरेक व्यक्तिलाई जीवन्त स्वादको अविस्मरणीय अनुभव प्रदान गर्दछ  ।

हामीले आशा गरेका छौं कि सम्पूर्ण अतिथिहरुले यहाँ अद्भुत एशियन खानाको अनुभवलिन सक्नुहुनेछ ।” एडमामे २८ जुलाईबाट सबैका लागि खुल्ला गरिएको छ । यसको खुल्ने समय साँझ ६ः३० बजे रहेको छ ।