बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

जापानमा बल्लबल्ल उडान अनुमति, त्यो पनि चार्टर्ड मात्रै

बिहिबार, साउन १६ २०७६

काठमाडौं । जापान उडान नेपाल वायुसेवा निगमका लागि आकर्षणको गन्तव्य मानिन्छ । तर जापानमा बल्लबल्ल एक उडान अनुमति थपिएको छ, त्यो पनि चार्टर्ड मात्रै ।

निगमले जापानको तारितामा एउटा चार्टर्ड उडानको अनुमति पाएको छ । यसअघि निगमले जापानको ओशाकामा मात्र सेड्यूल फ्लाइटको अनुमति पाएको थियो । सोहीअनुसार निगमले आगामी भदौ दोस्रो सातादेखि ओशाकामा नियमित उडान थाल्दैछ ।

ओशाका जापानमा कम नेपाली बस्ने क्षेत्र हो । नारितामा भने निगमले धेरै यात्रु पाउने अपेक्षा छ । किनकी नारिता विमानस्थल जापानको राजधानी प्रवेश गर्ने मूख्य हवाई द्धार हो । 

निगमले आगामी सेप्टेम्बरबाट चार्टर्ड उडान गर्ने गरी अनुमति प्राप्त भएको निगमका प्रवक्ता गणेशबहादुर चन्दले जानकारी दिए । निगमले नारितामा सेड्यूल फ्लाइट गर्न खोजे पनि अनुमति पाएको छैन ।