रोयटर्स । अमेरिकी गायिका टेलर स्विफ्ट सन् २०२५ की विश्वकै सबैभन्दा बढी बिक्री हुने (वेष्ट-सेलिङ) कलाकार घोषित भएकी छन् । अन्तर्राष्ट्रिय संगीत उद्योगको प्रतिनिधित्व गर्ने संस्था अन्तर्राष्ट्रिय संगीत उद्योगको प्रतिनिधित्व गर्ने संस्था आईएफपीआईले उक्त जानकारी दिएको हो ।
स्विफ्टले लगातार छैटौं पटक ‘ग्लोबल रेकर्डिङ आर्टिस्ट अफ द इयर’ उपाधि जित्नुभएको हो । आईएफपीआईका अनुसार यो उपलब्धि उनको पछिल्लो एल्बम ‘द लाइफ अफ अ शो गर्ल’ को उल्लेखनीय सफलतापछि सम्भव भएको हो ।
विलबोर्डका अनुसार उक्त एल्बमले रिलिज भएको पहिलो सातामै आधुनिक युगका अन्य कुनै पनि एल्बमभन्दा बढीप्रतिहरू बिक्री गरेको थियो । बिलबोर्डले यो तथ्यांक लुमिनेटको डाटालाई उद्धृत गर्दै सार्वजनिक गरेको हो ।
आईएफपीआईले जनाएको अनुसार एल्बम रिलिजपछि र उनको टुरसम्बन्धी डकुमेन्ट्री ‘द इण्ड अफ एन इरा’ सार्वजनिक भएपछि स्विफ्टले स्ट्रिमिङ, डिजिटल डाउनलोड तथा फिजिकल फर्म्याट सबै माध्यममा विश्वव्यापी रूपमा ठूलो सहभागिता प्राप्त गरिन् ।
स्विफ्ट पहिलोपटक सन् २०१४ मा आईएफपीआईको ‘ग्लोबल रेकर्डिङ आर्टिस्ट अफ द इयर’ घोषित भएकी थिइन्। त्यसपछि उनले सन् २०१९ मा तथा सन् २०२२ देखि २०२४ सम्म लगातार उक्त उपाधि जितेकी थिइन् । पछिल्लो दशकमा अन्य सबै कलाकारले जितेको कुल उपाधिको संख्यासँग बराबरी हुनेगरी अब स्विफ्टले एक्लैले उपाधि जितिसकेकी छन् ।
आईएफपीआईका अनुसार यो अवार्ड कलाकार वा समूहले क्यालेन्डर वर्षभरि स्ट्रिमिङ, डाउनलोड तथा फिजिकल संगीत फर्म्याटमा गरेको विश्वव्यापी बिक्रीका आधारमा निर्धारण गरिन्छ, जसमा कलाकारको सम्पूर्ण क्याटलग समेटिन्छ । यसवर्ष के–पप समूह स्ट्रिे क्डिस दोस्रो स्थानमा रह्यो भने क्यानडाली र्यापर ड्रेक तेस्रो स्थानमा परेकी छन् ।