काठमाडौ, साउन १५ । नेप्से सुधारोन्मुुख दिशामा गएको छ । नेप्से आज बुुधबार छ दसमलव दुुई अंकले बढेर १२ सय ६५ दसमलव ५७ अंकमा पुुग्दा सेन्सिटिभ पनि एक दसमलव एक अंकले बढेर दुुई सय ७३ दसमलव २४ अंकमा पुुगेको छ ।
आज एक सय ६९ कम्पनीहरुके छ हजार चार सय ७६ वटा कारोवारमा १३ लाख छ हजार सात सय ५६ कित्ता सेयर किनबेच भएकाछन भने सेयर कारोवार रकम ३७ करोड दुुई हजार ४९ रुपैयाँ पुुगेको छ ।
आज १२ वटा समुहको हुुंदा ११ वटाले कमाएकाछन भने बिकास बैंक समुहले गुमाएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक दुुई दसमलव तीन अंकले बढेर ११ सय ३९ दसमलव ९७ अंकमा पुुग्दा जलबिद्युुत समुहको सुचक पनि शुन्य दसमलव १७ अंकले बढेर ११ सय ८३ दसमलव ६० अंकमा चढेको छ ।
निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य, लघुुबित्त र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन ।
कमाउने कम्पनीको सुचीमा सिभिल लघुुबित्त बित्तीय संस्था, बिजय लघुुबित्त बित्तीय संस्था आदि परेकाछन भने बढी गुमाउने कम्पनीको सुचीमा युनियन हाईड्रो पावर कम्पनी, राधी जलबिद्युुत कम्पनी आदि परेकाछन ।
यसैगरी रकम कारोवार भएको आधारमा भने आज नेपाल बैंक, कृषि बिकास बैंक आदि परेकाछन ।