बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रधानमन्त्रीको मन्त्रीहरुलाई निर्देशनः ‘काममा तीव्रता आओस्’

बुधबार, साउन १५ २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो हैसियतअनुसार काम गर्न आफ्ना मन्त्रीहरुलाई निर्देशन दिएका छन् । 

बुधबार प्रधानमन्त्रीले आफ्नो कार्यालयमा सबै मन्त्रीहरुलाई राखेर ‘समृद्ध नेपाल, सुखी नेपाली’को एजेन्डा सम्झेर काम गर्न आवश्यक रहेको बताए । 
 प्रधानमन्त्री ओलीले विकसित हुने पर्याप्त सम्भावना हुँदाहुँदै पनि गरिबी र पछौटेपनको चपेटामा परेको मुलुकलाई अघि बढाउन सरकारले आवश्यक नीति तथा कार्ययोजना तय गरेको पनि स्पष्ट पारे ।

बुधबार सिंहदरबारस्थित आफ्नै कार्यालयमा मन्त्रीहरुसँग चालू आर्थिक वर्षको कार्य योजनामा सम्झौंता गरेपछि उनले ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई पूरा हुने गरी सरकारले विकास निर्माणको कामलाई तीव्रता दिने लक्ष्य लिएको उल्लेख गर्दै त्यसलाई पूरा गर्न पनि सबै मन्त्रीहरुलाई सचेत गराए ।