बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

डुबान समस्यामा भारतसँग वार्ता गर्न आवश्यक छ– देउवा

बुधबार, साउन ८ २०७६

काठमाडौं । नेपालको तराईमा हुने डुबान समस्याबारे भारतसँग नेपालले वार्ता गर्नुपर्ने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् । भारतसँग कुरा गरेर डुबानको स्थायी समाधान खोज्न उनले आग्रह गरेका हुन् । 

 

संसदमा कांग्रेस–राजपाले दर्ता गरेको जरुरी सार्वजनिक महत्वको विषयमा आफ्ने धारणा राख्दै उनले एकअर्कालाई गाली गरेर मात्रै समस्याको समाधान हुन नसक्ने बताए । 

 

‘अब भारत सरकारसँग कूटनीतिक तबरले कुरा गर्नुपर्ने बेला आएको छ’, उनले भने, ‘एकले अर्कालाई गाली गरेर मात्रै केही हुँदैन । दुवै पक्षले छलफल गरेर दीर्घकालीन समस्याको समाधान खोज्नुपर्छ।’ यो विषयमा सरकारले चासो नदेखाएको देउवाको आरोप छ ।