बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अवैध लागूऔषध सहित पक्राउ

बुधबार, साउन ८ २०७६

काठमाडौं, साउन ८ । धनुषा, लक्ष्मिनिया गाउँपालिका(६ बाट औरही नगरपालिका २ फुलबरीया बस्ने २३ वर्षीय पवन बिश्वकर्मा र सर्लाही लालबन्दी नगरपालिका १० चन्द्रपुर बस्ने २७ वर्षीय रोशन बिकलाई करिब ४.५ किलो अवैध लागूऔषध गाँजा सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले सोही ठाउँस्थित ज.९ प ६३९८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक पवन र मोटरसाइकलमा सवार रोशनले झोलामा लुकाईछिपाई जनकपुरतर्फ ल्याउँदै गरेको उक्त लागूऔषध फेला पारी मोटरसाइकल सहित उनीहरुलाई पक्राउ गरेको हो । 

सर्लाही, लालबन्दी नगरपालिका १ लखनदेही पुलस्थित पूर्वपश्चिम राजमार्गबाट हरिवन नगरपालिका १ अत्रौली बस्ने २२ वर्षीय जहेर हुसेनलाई करिब ५ किलो अवैध लागूऔषध गाँजा सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीले ज.५ प ६३४६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक जहेरलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

मुगु, छाँयानाथ रारा नगरपालिका ४ ताल्चाबाट सोही ठाउँ गमगढी बस्ने २७ वर्षीय जयन्द्र बहादुर शाहीलाई ३ ग्राम अवैध लागूऔषध ब्राउन सुगर सहित फेला पारी मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।