बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

४.४८ अंकले बढ्यो नेप्से

सोमबार, साउन ६ २०७६

काठमाडौ, साउन ६ । नेप्से बढेको छ । साताको दोस्रो कारोवार दिन आज सोमबार नेप्से दुुई दसमलव ४८ अंकले बढेर १२ सय ७१ दसमलव २३ अंकमा चढेको छ भने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव १९ अंकले बढेर दुुई सय ७३ दसमलव ५० अंकमा चढेको छ ।

एक सय ६६ कम्पनीहरुको चार हजार तीन सय ८१ वटा कारोवारमा १० लाख ८४ हजार पाँच सय ५३ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम ३१ करोड ६६ लाख ४३ हजार चार सय २१ रुपैयाँ पुुगेको छ । 

११ वटा समुहको कारोवार भएकोमा आज सोमबार नौ वटाको कारोवार सुचक बढेकाछन भने तीन वटाको घटेकाछन । यि मध्ये बाँणिज्य बैक समुहको सुचक दुुई दसमलव ३४ अंकले बढेर ११ सय ४७ दसलव ७७ अंकमा पुुग्दा बिकास बैंक समुहको सुचक एक दसमलव सात अंकले बढेर १६ सय २९ दसमलव ३० अंकमा चढेको छ ।

जलबिद्युुत समुहको सुचक पनि पाँच दसमलव ७३ अंकले बढेर १२ सय १२ दसमलव ६८ अंकमा चढेको छ । लघुुबित्त, होटल, फाईनान्स, उत्पादनमुुलक र अन्य समुहको सुचक पनि बढेकाछन ।

निर्जिवन बीमा समुहको सुचक भने आज २१ दसमलव ८३ अंकले घटेर पाँच हजार ६९ दसमलव ३८ अंकमा पुुगेके छ । यसैगरी जीवन बीमा र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन ।

कमाउने कम्पनीहरुको सुचीमा आज एनएमबी माईक्रो फाईनान्स बित्तीय संस्था, सर्पोट माईक्रो फाईनान्स बित्तीय संस्था आदि परेकाछन भने गुुमाउने कम्पनीहरुको सुचीमा महुुली सामुुदायिक लघुुबित्त बित्तीय संस्था, सर्पोट माईक्रो फाईनान्स आदि परेकाछन । रकम कारोवार भएको आधारमा भने आज नेपाल इन्स्योरेन्स कम्पनी, सिभिल बैंक आदि परेकाछन ।