बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सरकारको विकास खर्च ८७ दशमलव ३८ प्रतिशत, राजस्व सत प्रतिशत असुली

सोमबार, साउन ६ २०७६

काठमाडौं साउन, ६– वर्षको ११ वटा महिनामा खर्च नै गर्न नसकेको सरकारले वर्षको अन्त्यमा आएर भने खर्च ह्वात्तै वृद्धि गरेको देखिन्छ । गत आर्थिक वर्षमा सरकारले बिकासका लागि छुट्टाएको बजेट २ खर्ब ७२ अर्ब मध्ये  ८७ दशमलव ३८ प्रतिशत खर्च गरेको छ  ।

असारको दोस्रो सातासम्म पनि ५० प्रतिशत रकम खर्च  गर्न नसकेको सरकारले अन्त्यमा आएर  ह्वात्तै खर्च वृद्धि गरेको हो । अन्त्यमा भएको खर्च लुकाउनका लगि सरकारले केहि दिन खर्चको विवरण नै देखाएन । अहिले पनि महालेखा नियन्त्रकको कार्यालयले अहिलेसम्म कति खर्च भयो भनेर मात्रै  देखाएको छ । तर , महालेखा कार्यालयको वेवसाइटमा यसअघि दैनिक आय र व्ययको विवरण देखिन्थ्यो ।

वर्षको अन्त्यमा प्रत्येक दिन कति खर्च गरियो भनेर सरकारले लुकाउन चाहेको छ । जसका  लागि नै महालेखा नियन्त्रक कार्यालयको वेबसाइट नै तोडमोड गरेको छ 

बिकास खर्च गर्न नसकेको सरकारले राजस्व भने लक्ष्य अनुरुप नै असुल गरेको छ ।

सरकारले गत आर्थिक वर्षमा ८ खर्ब ६० अर्ब असुल गर्ने लक्ष्य लिएको थियो । जसमध्ये ८ खर्ब ५९ अर्ब असुल गरेको छ जुन लक्ष्यकै हाराहारीमा हो ।

 चालु खर्च पनि सरकारले उल्लेखनिय रुपमा खर्च गरेको छ । कर्मचारीको  तलब भत्ता तथा प्रशासनिक खर्च अर्थात चालु खर्च सरकारले  गत वर्ष ९१ प्रतिशत खर्च गरेको छ ।

 त्यसैगरि   सरकारले बैदेशिक ऋण तथा  सहायता भने उल्लेखनिय रुपमा भित्राउन नसकेको देखिन्छ । बैदेशिक सहायता लक्ष्यको ५१ प्रतिशत भित्राएको सरकारले ऋण  ५६ प्रतिशत भित्राएको छ ।  

वर्षको अन्त्यमा आएर भएको खर्च के कहाँ खर्च भयो भनेर अनुगमन गर्न जरुरी छ । सरकारले वर्षको अन्त्यमा आएर गलत ठाउमा समेत खर्च  गर्ने गरेको देखिन्छ ।

आकडा तोडमोड गरेर जनमत जुटाउने प्रंयासमा रहेको सरकारले खर्चमा केहि बृद्धि गरेको त देखाएको छ । तर, यो खर्च कहाँ के मा भयो भनेर खोज्ने जिम्मेवारी अब महालेखापरिक्षकको हो ।