बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सुनको कारोबार हालसम्मकै उच्च मूल्यमा

शुक्रबार, साउन ३ २०७६

काठमाडौं । केही दिन स्थीर रहेको सुनको मूल्य फेरि उकालो लाग्न थालेको छ  । शुक्रबार बढेको मूल्यले त रेकर्ड कायम गरेको विन्दुमा पुगेकोछ  । शुक्रबार छापावाला सुनको मुल्य ५ सय रूपैयाँले बढेर ६५ हजार ५ सय रूपैयाँमा पुगेको छ । करीव महिनादिन पहिले सूनको मूल्य यही बिन्दुमा पुगेको थियो ।

 

बिहीबार ५ सय रूपैयाँले बढेर ६५ हजार रूपैयाँ पुगेको छापावाला सुनको मुल्य शुक्रबार पनि सोहि दरमा बढेर सबैभन्दा उच्च मुल्यमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी माहासंघले जनाएको छ ।

 

त्यसैगरी शुक्रबार तेजाबी सुन प्रतितोला ६५ हजार २ सय रूपैयाँ र चाँदी ७७० रूपैयाँमा कारोबार भइरहेको छ ।
 

बिहिबार चाँदी ७६५ रूपैयामा खरिद बिक्री भएकोमा शुक्रबार तोलामा ५ रूपैयाँ बढेर ७७० रूपैयाँ पुगेको हो ।

 

पछिल्लो १ हप्तामा सुनको मुल्य १ हजार रूपैयाँले बढेको छ भने १ महिनामा प्रतितोला २ हजार ५ सय रूपैयाँले बढेको छ । त्यस्तै १ महिनामा चाँदीको मुल्य प्रतितोला ५५ रूपैयाँले बढेको छ