काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले विदेशबाट धुलो दूध आयात नखोलिने बताएका छन् ।
दुग्ध विकास संस्थान (डिडिसी)को स्वर्ण महोत्सव तथा ५१औं वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री खनालले विदेशबाट झोल दूध आयात गरेपनि धुलो दूध आयात खुला नगर्ने जनाएका हुन् ।
मुलुक भित्रकै दुग्ध क्षेत्र प्रतिस्पर्धी र गुणस्तरीय हुनुपर्ने भन्दै आफूले धुलो दूध आयातमा प्रतिबन्ध लगाएको बताएका मन्त्री खनालले त्यसका लागि डिडिसीले भूमिका खेल्नुपर्ने बताए ।
‘डिडिसीलाइ अझै राम्रो बनाउन सकिन्छ । दूधको क्षेत्रमा ५० वर्षको अनुभव थोरै होइन । अझै पनि यहाँ कमजोरी छन् । तर त्यसो भन्दैमा मुलुकभित्रकै उत्पादनलाई अपेक्षा गर्नुभएन । जे पर्छ म व्यहोर्छु, भनेरै पाउडर दूध रोकेको हो । झोल दूध आयात गरिन्छ तर धुलो दूध आयात खोलिन्न,’ मन्त्री खनालले भने ।