बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सशक्तीकरण अभियानमा ग्लोबल आइएमई बैंकको पाँच लाख सहयोग

सोमबार, असार ३० २०७६

काठमाडौं असार, ३०–
ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जोन्टा क्लब, काठमाडौंलाई बालविवाह अन्त्यका लागि सशक्तीकरण अभियानमा पाँच लाख रुपैयाँ सहयोग गरेको छ । सोमबार आयोजित एक कार्यक्रममा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले जोन्टा क्लब, काठमाडौंका अध्यक्ष मीरा ज्योतीलाई उक्त रकम हस्तान्तरण गरेका हुुन् । 
उक्त सहयोगबाट जोन्टा क्लबले प्रदेश सरकार तथा स्थानीय निकायहरुसँगको सहकार्यमा प्रदेश २ का विभिन्न विद्यालयहरुमा पुगेर करिब एक हजार विद्यार्थीमाझ बालविवाह अन्त्यका लागि सशक्तीकरण अभियानका कार्यक्रमहरु सञ्चालन गर्ने छ । गरिबी, अशिक्षा तथा अन्धविश्वासले गर्दा नेपालका धेरै समुदायमा बालविवाहको प्रचलन रहेको तथा प्रदेश २ मा यसको अवस्था गम्भीर रहेकोले बालविवाह अन्त्यका लागि सशक्तीकरण अभियानमा बैंक जोडिएको प्रमुख कार्यकारी अधिकृत ढकालले बताए ।   महिलाको आर्थिक सशक्तीकरणले सबै किसिमका समस्या समाधानमा सहयोग पु¥याउने बताउँदै प्रमुख कार्यकारी अधिकृत ढकालले यस अभियानलाई आर्थिक सबलीकरण, नेतृत्व विकास र उद्यमशीलतासँग जोड्न आग्रह समेत गरे । 
उनले बैंकले स्थापनाकाल देखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर प्राकृतिक विपत्ति, जनचेतनामूलक कार्यक्रम र सामाजिक कार्यहरुमा सहयोग गर्दै आएको बताए । बालविवाह देशकै एउटा ठूलो समस्या रहेको हुनाले संस्थाले सो क्षेत्रलाई नै आफ्नो कार्यक्षेत्र बनाएको जोन्टा क्लबका अध्यक्ष ज्योतीले बताए ।   संस्थाले महिला सशक्तीकरणका विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।
उक्त अवसरमा बैंकका सहायक महाप्रबन्धक आरती राणा, जोन्टा क्लबका सीमा गोल्छा लगायत बैकका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।