बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

ओपोद्वारा एफ—११ ज्वेलरी ह्वाइट रंगमा सार्वजनिक

सोमबार, असार ३० २०७६

काठमाडौं असार, ३०–
ओपोले आज आईतबारबाट एफ ११ लाई तेस्रो रंग “ज्वेलरी ह्वाइट” मा सार्वजनिक गरेको छ । पहिले मार्वल ग्रिन र फ्लोराइट पर्पल गरी दूई रंगमा सार्वजनिक गरिएको फोन कम्पनीले तेस्रो रंग ज्वेलरी ह्वाइटमा सार्वजनिक गरेको हो । यसको मूल्य कम्पनीले ३५ हजार ४ सय ९० निर्धारण गरेको छ । तेस्रो रंगमा सार्वजनिक नयाँ ओपो एफ—११ ले पनि पछिल्ला मोडलले झैँ उपभोक्ताको निरन्तर मायाँ पाउनेमा कम्पनी विश्वस्त रहेको छ । 
“हामी वैश्विक ब्राण्ड हो । त्यसैले ओपोमा उपभोक्ताका आवश्यकता र चाहना हाम्रा लागि सँधै महत्वको विषय हो । उपभोक्ता सन्तुष्टि नै हाम्रो प्रथम प्राथमिकता हो । रंगले कुनै न कुनै तवरमा मानिसको ब्यक्तिवको पनि प्रतिनिधित्व गर्छ भन्ने हाम्रो विश्वास छ ।”, नयाँ रंगमा सार्वजनिक ज्वेलरी ह्वाइट एफ—११ का बारेमा बोल्दै ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने, “नयाँ रंग ज्वेलरी ह्वाइटमा सार्वजनिक एफ११ को यो संस्करणले थप उपभोक्तालाई सन्तुष्टि प्रदान गर्नुका साथै नेपाली बजारमा हामीलाई अझ मायाँ र हौसला प्रदान हुने हामीले आशा लिएका छौँ ।”
सार्वजनिक भएसंगै एफ—११ सिरिजका स्मार्ट फोनलाई नेपाली बजारमा कम प्रकास भएका स्थानमा समेत उत्कृष्ट पोट्रेट फोटोग्राफी क्षमताका तथा यसमा सामाहित विभिन्न नव प्रबर्तनात्मक प्राविधिहरुका लागि निकै सराहना तथा मायाँ प्रदान गरिएको छ । फोनमा उपभोक्तालाई सहज तथा त्रुटी रहित प्रयोग अनुभव प्रदान गर्ने उद्देश्यका साथ ४८ एमपी अल्ट्रा–क्लियर क्यामेरा प्रणाली र वाटर–ड्रप स्क्रिन जडान गरिएको छ । ओपोको एफ ११ सिरिजले समग्र एफ सिरिजलाई नै नयाँ उचाई प्रदान गरेको छ । नयाँ सिरिजले मोबाइल फोनका साथै ओपोलाई समेत “सेल्फी एक्स्पर्ट”बाट ब्रिलियन्ट “पोट्रेट ईन लो लाइट”का  रुपमा स्तरोन्नती गरिदिएको मानिन्छ ।