२४ सै घण्टा सेवा उपलब्ध
काठमाडौं । काठमाडौंको शान्त र रमणीय बौद्ध–६ क्षेत्रमा अब सुविधा सम्पन्न बसोबासको अनुभव लिन सकिने भएको छ। बौद्ध गेटबाट झण्डै ५०० मिटर दक्षिण, अरुणिमा स्कुल नजिकै, न्यू बौद्ध मोटेल एण्ड लज सञ्चालनमा आएको छ।
लजका सञ्चालक सौरभ ढुंगेलले भने, “हामीले स्वदेशी तथा विदेशी पाहुनालाई लक्षित गर्दै २४ सै घण्टा सेवा उपलब्ध गराउने व्यवस्था गरेका छौं। यहाँको मूल्य सुलभ राखिएको छ ताकि काठमाडौं घुम्न आएका पाहुनाले आरामदायी बसोबास र खानाको सुविधा सहजै प्राप्त गर्न सकुन्।”

उनले थपे, “हामीले पारिवारिक भ्रमण, समूह वा टोली भ्रमणका लागि विशेष प्याकेज पनि तयार पारेका छौं। पाहुनाले आफैँ खाना पकाउन सक्ने सुविधा सहितको आधुनिक किचन पनि व्यवस्था गरिएको छ, जसले घरजस्तो वातावरणमा बस्न सक्ने अवसर प्रदान गर्दछ।”

सुविधा सम्पन्न कोठा, स्वच्छ परिवेश र शान्त वातावरणले न्यू बौद्ध मोटेल एण्ड लजलाई काठमाडौंमा बसोबास र आरामका लागि उत्कृष्ट विकल्प बनाएको छ। यहाँका पाहुनाले आरामसँग बस्न, खान र परिवार वा साथीहरूसँग रमाइलो समय बिताउन सक्नेछन्।
सञ्चालक ढुंगेलले भने, “हाम्रो उद्देश्य पाहुनालाई उत्कृष्ट सेवा प्रदान गर्नु मात्र होइन, उनीहरूको बसोबासलाई सुलभ, आरामदायी र यादगार बनाउनु पनि हो।”
