मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

आयकर बक्यौता दुई खर्ब ७५ अर्ब रुपैयाँ: आन्तरिक राजस्व विभागको वार्षिक प्रतिवेदन

मंगलबार, मंसिर २ २०८२

काठमाडौं । आन्तरिक राजस्व विभागको वार्षिक प्रगति प्रतिवेदनअनुसार गत आर्थिक वर्ष २०८१÷८२ सम्ममा तीन लाख ३० हजार ९१२ करदाताबाट दुई खर्ब ७५ अर्ब रुपैयाँ बक्यौता कर असुली हुन बाँकी रहेको छ।

बक्यौता करमा आयकरतर्फ सबैभन्दा बढी रकम असुली हुन बाँकी छ। एक लाख ९३ हजार ६२० करदाताबाट रु दुई खर्ब १९ अर्ब ११ करोड, मूल्य अभिवृद्धि करतर्फ एक लाख ३७ हजार २५३ करदाताबाट रु ४८ अर्ब ७० करोड, अन्तः शुल्कतर्फ ३६४ करदाताबाट रु चार अर्ब ९ करोड, र अन्य करतर्फ एक हजार ७७० करदाताबाट रु तीन अर्ब १५ करोड असुली हुन बाँकी रहेको छ।

प्रगतिमा कमी देखिएको छ। आयकरतर्फ वार्षिक लक्ष्य २२ अर्ब ७६ करोडमध्ये मात्र रु ८ अर्ब ७१ करोड असुली भएको छ, जसले लक्ष्यको ३८.२९ प्रतिशत प्रगति मात्र देखाउँछ। मूल्य अभिवृद्धि करमा रु १६ अर्ब ३३ करोड बक्यौताको लक्ष्य मध्ये १० अर्ब ३३ करोड अर्थात् ६३.२८ प्रतिशत मात्र उठ्न सफल भएको छ।

त्यसैगरी बक्यौता समायोजनमा आयकरतर्फ रु २७ अर्ब ३८ करोडको लक्ष्यमध्ये २१ अर्ब ३९ करोड उठेको छ (७८.०१ प्रतिशत प्रगति), मूल्य अभिवृद्धि करमा रु १८ अर्ब १७ करोडको लक्ष्यभन्दा बढी रु २२ अर्ब २९ करोड उठेको छ, जसले १२२.६३ प्रतिशत प्रगति देखाएको छ।