बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेप्से बढ्यो, कारोबार रकम घट्यो

बुधबार, कार्तिक १९ २०८२

काठमाडौं । साताको चौंथो कारोबार दिन आज बुधबार नेप्से बढेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ । अघिल्लो दिन २७ दशमलव ६४ अंकले घटेर पाँच अर्ब १५ करोड रुपैंयाँको शेयर किनबेच भएको थियो । आज बुधबार भने नेप्से १२ दशमलव १७ अंकले बढेर २६ सय सात दशमलव ४२ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव १४ अंकले बढेर चार सय ५३ दशमलव ६० अंकमा पुगेको छ । तीन सय १२ वटा कम्पनीहरुको ४२ हजार आठ सय ७९ पटककको कारोबारमा ९२ लाख १८ हजार आठ सय १० कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब ६८ करोड १९ लाख २२ हजार आठ सय १४ रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा होटल तथा पर्यटन र सामुहिक लगानी कोष समुहको सुचक घटेपनि बाँकी समुहहरुको सुचक बढेका छन् । आज बाँणिज्य बैंक समुहको सुचक सात दशमलव ६८ अंकले बढेर १३ सय ६९ दशमलव ६९ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि १३ दशमलव १९ अंकले बढेर ३३ सय ४६ दशमलव ९७ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ५२ दशमलव ५१ अंकले बढेर १३ हजार ५२ दशमलव ५९ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि २३ दशमलव ३९ अंकले बढेर १० हजार नौं सय २५ दशमलव २८ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र व्यापार समुहको सुचक पनि बढेका छन् ।

नेप्सेमा आज माविलुङ इर्नर्जी लिमिटेडले सबैभन्दा बढी कमाउँदा फष्र्ट माईक्रो फाईनान्स लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी गुमाएको थियो । युनियन हाईड्रोपावर लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।