मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

भारतविरुद्ध नेपालले दोस्रो मैत्रीपूर्ण फुटबल आज खेल्दै

बुधबार, कार्तिक १२ २०८२

काठमाडौं । भारतविरुद्ध नेपाली महिला फुटबल टोलीले आज (बुधबार) मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ। यसअघि उक्त खेल बिहीबार हुने तय थियो ।

खेलमा कप्तान सावित्रा भण्डारी (साम्बा), गोलरक्षक एञ्जिला तुम्बापो सुब्बा र मिडफिल्डर प्रीति राईले नखेल्ने भएका छन् ।

व्यावसायिक लिगका लागि साम्बा मंगलबार अष्ट्रेलिया प्रस्थान गरेकी छिन् । एञ्जिला भारतकै क्लब सेथु एफसीमा आबद्ध छिन् । प्रीति टिममा उपलब्ध हुने भए पनि उनलाई यो खेलमा आराम दिइने भएको हो ।

खेल नेपाली समयअनुसार अपराह्न ४ः१५ बजेदेखि सुरु हुनेछ ।

यसअघि सोमबार राती भएको पहिलो मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई दुई-एकले हराएको थियो । जसमा दुवै गोल फरवार्ड तथा कप्तान सावित्राले गरेकी थिइन् ।