काठमाडौं असार, २२–
इन्फििनिटी लघुवित्त वित्तीय संस्थालि. र नेपाल स्टक एक्सचेन्जबिच सम्झौता भएको छ । यही असार २२ गते स्टक एक्स्चेन्ज काठमाण्डौको परिसरमा भएको शेयर सूचीकरण सम्बन्धी सम्झौता संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रवीण कुमार लामा र नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदको उपस्थितिमा सम्पन्न भएको हो ।
संस्थाको कुल जम्मा चुक्त पुँजी २० करोड ७४ लाखको सूचीकरण भएको हो । नेपालका विपन्न वर्ग, लघु उद्यमी र साना व्यवसायीहरूको आर्थिक तथा सामाजिक उत्थान गर्ने उद्देश्यले लब्ध प्रतिष्ठित व्यक्तिहरूबाट प्रवद्र्धन गरिएको नेपाल राष्ट्र बैंकबाट राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको ”घ” वर्गको वित्तीय संस्थाको रूपमा इजाजतपत्र प्राप्त यस संस्थाको २०७३ माघ ०७ गते नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपाल ज्यूबाट संस्थाको केन्द्रीय कार्यालय गैंडाकोटको विधिवत रूपमा समुद्घाटन भएको थियो ।
संस्थाले हाल २३ जिल्लामा ४५ वटा शाखा कार्यालय मार्फत २६ हजार भन्दा बढी सदस्यहरूलाई एक अर्व ४५ करोड भन्दा बढी लघु कर्जा प्रवाह गरेको र ५० करोडभन्दा बढी निक्षेप जम्मा गरी सामाजिक सुरक्षण र विप्रेषण लगायतका लघुवित्त वित्तीय सेवाहरू प्रदानगर्दे आइरहेको जानकारी प्रमुख कार्यकारी अधिकृत प्रवीण कुमार लामाले दिए । संस्थाले विपन्न वर्गको उत्थानको लागि शाखाकार्यालय मार्फत ग्राहक मैत्री प्रबिधि सहितको नव प्रवर्त कारी सेवा तथा कार्यक्रम विस्तार गर्ने लक्ष्य लिइएको व्यहोरा समेत जानकारी दिए ।