काठमाडौ, असार १७–
देशको ग्रामिणतह सम्म बैंकिङ्ग पहुँच पु-याई सहज र सरल वित्तीय सेवा उपलब्ध गराउने उद्देश्य अनुसार शाखा विस्तारलाई निरन्तरता दिइरहेको जनता बैंक नेपाल लिमिटेडले एकै साथ काठमाडौं उपत्यकामा तीन र अन्य स्थानमा तीन गरी एकै साथ छ वटा शाखाको उद्घाटन गरी कारोबार सुभारम्भ गरेको छ । काठमाडौं उपत्यकामा काँडाघारी, बनस्थली र थानकोट शाखाबाट कारोवार सुभारम्भ गरिएको हो भने काठमाडौं उपत्यका बाहिरमा बाग्लुङ्ग बजार, कपिलबस्तुको तौलिहवा र धनगढीको सेतोपुलमा नयाँ शाखा खोलिएको हो ।
तौलिहवाशाखाको उद्घाटन संघीय संसदका सांसद बृजेशकुमार गुप्ताले गरेका हुुन । बैंकका प्रमुख कार्यकारी अधिकृत परशुरामकुंबर क्षेत्रीको समेत उपस्थिति रहेको उक्त समुद्घाटन कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतले बैंकको बारेमा मन्तब्य राखेका थिए । यसैगरी काठमाडौं उपत्यकामा रहेका काँडाघारी वीरेन्द्रचोक शाखाको संचालक लङ्कबहादुर के.सी., बनस्थली खरिबोट शाखाको संचालक गौतम प्रसाद खनालले उद्घाटन गरेका हुुन भने थानकोट शाखाको चन्द्रागरी नगरपालिकाका मेयर घनश्याम गिरी र बैंकका संचालक बिनितकुमार अग्रवालबाट संयुक्त रुपमा उद्घाटन गरिएको हो । साथै सेतोपुल धनगढी शाखाको धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वड र बैकका चिफ िबजनेस अफिसर कल्याण पाँडेले संयुक्तरुपमा र बाग्लुङ्ग शाखाको बाग्लुङ्ग उद्योग बाणिज्य संघका अध्यक्ष युवराजजङ्ग राजभण्डारीले गरेका हुुन । बाग्लुङ्ग शाखा उद्घाटन कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यको उपस्थिति रहेको थियो ।
नयाँ खोलिएका शाखाहरुबाट ति क्षेत्रका सर्वसाधारण तथा उद्यमी व्यवसायीहरुलाई सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुबिधा लगाएत सम्पूर्ण आधुनिक बैकिङ्ग सेबासहज र सरलरुपमा उपलब्ध गराइने बैंकले जानकारी दिएको छ ।
उद्घाटन भएका शाखाहरु समेत जनता बैंकको शाखा संजाल पूर्वको मेची देखि पश्चि ममहाकाली सम्म शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा गरी कुल एक सय ४१ पुगेको छ भने काठमाडौ उपत्यकामा २३ शाखा रहेकाछन् । यस सगै जनता बैंक शाखा संजालको हिसाबले निजी क्षेत्रको बाणिज्य बैंकहरु मध्ये चौथो ठूलो बैंकको रुपमा स्थापित भएको छ भने समग्रमा सातौ ठूलो बाणिज्य बैंक बन्न सफल भएको छ । यि शाखाहरु अतिरिक्त बैंकले ५० शाखा रहित बैंकिङ्ग, एक सीमित बैंकिङ्ग ईकाइ, तीन एक्सटेन्सन काउन्टर तथा एक सय पाँच वटा एटिएमहरु मार्फत उच्च स्तरीय बैंकिङ्ग सेबा पु–याउदै आइरहेको छ