बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेपाल वायुसेवा निगमले ३२ अर्ब ऋण लगानीको किस्ता तिर्न सकेन

बुधबार, असार ११ २०७६

काठमाडौं असार, ११–
कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषले एयरबस कम्पनीका चारवटा जेट विमान खरिदका लागि गरेको ३२ अर्ब ऋण लगानीको किस्ता नेपाल वायुसेवा निगमले तिर्न सकेको छैन ।
निगमले दुवै कोषलाई तीन महिने किस्ताअन्तर्गत असार, असोज, पुस र चैतमा १ अर्ब १३ करोडका दरले चार किस्तामा ४ अर्ब ५२ करोड रकम तिर्नुपर्छ । पुषयता निगमले यी दुवै निकायलाई किस्ताबापत २ अर्ब ९६ करोड रुपैयाँ तिर्न नसकेको हो ।

निगमको अर्थ विभागले असार मसान्तभित्र बुझाउनुपर्ने किस्ता पनि तिर्न नसकिने जनाएको छ । अर्थ विभागका एक अधिकारीले कान्तिपुरसँग भने,‘अर्थ मन्त्रालयसँग २० अर्ब रुपैयाँ पायौं भने अहिलेलाई पुषयता तिर्न बाँकी किस्ताका लागि राहत होला ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।