काठमाडौ । नेपाल राष्ट्र बैंकले दुई अर्ब ७७ करोड ६७ लाख रुपैंयाँ संस्थागत निक्षेप लगानी गर्नै भएको छ । बिहिबार बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुको नाउँमा सुचना जारी गर्दै राष्ट्र बैंकले उक्त परिमाणको निक्षेप लगानीको प्रस्ताव आव्हान गरेको हो । बिभिन्न कोषमा रहेको रकम तीन सय ६६ दिने मुुद्धतीकोरुपमा लगानी गर्न प्रस्ताव आव्हान गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
रकम लगानीको अवधि सेप्टेम्बर ११, २०२५ देखि सेप्टेम्वर ११, २०२६ सम्म तोकिएको छ भने रकम लगानी गर्न चाहाने बैक तथा फाईनान्स कम्पनीहरुले यही भदौ आठ गतेसम्म लगानी गर्न चाहेको रकम र दिन चाहेको व्याज समेत तोकेर प्रस्ताव पेस गर्नुुपर्ने छ ।
लगानीको लागि छुुट्याईएको कुुल रकम मध्ये बाँणिज्य बैंकहरुको लागि दुई अर्ब २२ करोड १४ लाख, बिकास बैंकहरुको लागि ४१ करोड ६५ लाख र फाईनान्स कम्पनीहरुको लागि १३ करोड ८८ लाख रुपैंयाँ छुट्याईएको छ । रकम लगानी चाहाने बैंक तथा बित्तीय संस्थाहरु सञ्चालनमा आएको दुई बर्ष पुरा गरेको हुुनुुपर्ने, निष्क्रिय कर्जा कुल कर्जा सापटको आठ प्रतिशत र खुद निष्क्रिय कर्जा तीन प्रतिशत ननाघेको हुनुपर्ने लगायतका न्युनतम सर्तहरु तोकिएको छ ।