काठमाडौं असार, १०–
नेप्से बढेको छ । आज मंगलबार नेप्से शुन्य दशमलव ९६ अंकले बढेर १२ सय ६१ दशमलव सात अंकमा चढेको छ भने सेन्सिटिभ शुन्य दशमलव चार अंकले बढेर दुुई सय ७१ दशमलव ४४ अंकमा चढेको छ । आज एक सय ७४ कम्पनीहरुको पाँच हजार पाँच सय ८७ वटा कारोबारमा १३ लाख २४ हजार पाँच सय १९ कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोबार रकम ३६ करोड ४७ लाख ७३ हजार तीन सय ३० रुपैयाँ पुुगेको छ ।
आज १२ वटा समुहको कारोवार हुँदा कमाउने र गुमाउने समुह बराबर देखिएकाछन् । ति मध्ये कमाउने समुहमा परेको वाणिज्य बैंक समुहको सुचक एक दशमलव ३९ अंकले बढेर ११ सय ३४ दशमलव ७२ अंकमा पुुग्दा जलविद्युुत समुहको सुचक एक दशमलव दुुई अंकले बढेर ११ सय ९९ दशमलव तीन अंकमा चढेको छ । निर्जिवन बीमा, जीवन, उत्पादनमुुलक र लघुुबित्त समुहको सुचक पनि बढेकाछन् । विकास बैंक, होटल, ट्रेडिङ, फाईनान्स, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक भने घटेकाछन् ।
कमाउने कम्पनीहरुको सुचीमा आज गणपति लघुुबित्त बित्तीय संस्था, जनउत्थान सामुुदायिक लघुुबित्त बित्तीय संस्था आदि परेकाछन् भने गुमाउने कम्पनीहरुको सुचीमा मल्टीपर्पोस फाईनान्स, राधी जलविद्युुत कम्पनी आदि परेकाछन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल क्रेडिट एण्ड कर्मस बैंक, प्रभुु बैंक आदि परेकाछन् ।