बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रहरीको भ्यान दुर्घटटना हुँदा चार कैदी र छ प्रहरी घाइते

मंगलबार, असार १० २०७६

रौतहट ।  रौतहटमा प्रहरीको भ्यान दुर्घटना हुँदा १० जना घाइते भएका छन । 

 

थुनुवाको म्याद थपका लागि गौर जाँदै गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको ना१ झ ५३८९ नम्बरको भ्यान मंगलबार दिउँसो चन्द्रनिगाहपुरस्थित बाल्चनपुर चोकमा दुर्घटना हुँदा १० जना घाइते भएका हुन् । 

 

घाइते हुनेमा ४ जना कैदी र ६ जना प्रहरी रहेका छन् । जसमा दुई प्रहरी जवान सञ्जय कार्की र अजय साह गम्भीर घाइते भएका छन् भने  दुई थुनुवा  रमेश चौधरी, निर्मला साहपनि गम्भीर घाइते भएका छन् ।

 

उनीहरुलाई उपचारका लागि वीरगञ्ज पठाइएको छ । 

 

यस्तै सामान्य घाइते भएकाहरु ४ प्रहरी र २ थुनुवाको चन्द्रनिगाहपुरस्थित स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी भूपेन्द्र खत्रीले जानकारी दिए । 

 

गुड्दै गरेको अगाडीको चक्का भाँच्चिएर दुर्घटना भएको जनाइएको छ ।