चार विभागको शुल्क घटाउनु पर्ने माग
काठमाडौं । नेकपा माओवादि केन्द्र निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारी त्रिभुवन विश्वविद्यालयमा विगत २४ दिनदेखि रिले अनसनमा बसेको छन् । त्रिभुवन विश्वविद्यालयको चार विभागको शुल्क घटाउनु पर्ने मागसहित रिले अनसनमा बसेका हुन् ।
१९ दिनसम्म त्रिवि उपकुलपतिको अर्यालको कार्यकक्ष अगाडि धर्ना बसेका बिद्यार्थीमाथि प्रहरीले हस्तक्षेप गरेको थियो । गत सोमबार प्रहरीसँग झडपपछि उपकुलपति अर्यालको कार्यकक्ष प्रवेशद्धारमा आन्दोलनकारीलाई प्रहरीले प्रवेश गर्न दिएको थिएन् । जसले गर्दा आन्दोलनकारी गेट बाहिरै धर्नामा बसेका हुन्।
‘हामी गेट बाहिरै टहरा निर्माण गरेर धर्नामा बसिरहेका छौँ । बर्खायाम भएकोले गेट बाहिर मौसमको समस्या झेलिरहेका छौ । तर बिद्यार्थीहरुको समस्या नै हाम्रो प्रमुख समस्या रहेकोले आन्दोलनलाई निष्कर्ष पुर्याउने मात्र ध्येय रहेको छ ।’ अखिल क्रान्तिकारी त्रिवि इन्चार्ज ममता जोशीले बताइन् ।