काठमाडौं असार, ३–
लुम्बिनी विकास बैंक लिमिटेड र ग्राण्डी ईन्टरनेशनल अस्पतालबीच उपचार सेवामा छुटसम्बन्धी सम्झौता भएको छ । सम्झौतामा लुम्बिनी विकास बैंकका तर्फबाट मुख्य प्रबन्धक दिपक खनाल र अस्पतालका तर्फबाट बजार ब्यवस्थापन विभागका प्रमुख दिनेश पौडेलले सहमतिपत्रमा हस्ताक्षर गरेकाछन । सम्झौता अनुसार बैंकका कार्डबाहक ग्राहक र कर्मचारीले ग्राण्डी ईन्टरनेशनल अस्पतालमा उपचार गराउँदा विशेष छूट पाउनेछन् ।
सम्झौताबाट बैंकका ग्राहकहरु लाभान्वित हुनेछन्। ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ बैंकले देशभर ६५ शाखाबाट सेवा दिइरहेको छ ।