बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अवैध लागूऔषध चरेशसहित पक्राउ

सोमबार, असार २ २०७६

पर्सा असार, २–
वीरगंज महानगरपालिका १६ रजतजयन्ती चोकबाट छिपरमाई गाउँपालिका ५ भिष्वा बस्ने ३२ वर्षीय ईम्तियाज आलम र वीरगंज महानगरपालिका  २ छप्कैया डेरा गरी बस्ने बारा सितलपुर घर भएका ३० वर्षीया मिना खातुनलाई अवैध लागूऔषध चरेश  करिब ५ किलो सहित आइतबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी ईनर्वा र लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंजबाट खटिएको संयुक्त प्रहरी टोलीले बीआर २२ एल ८२५५ नम्बरको मोटरसाइकललाई  जाँच गर्ने क्रममा लुकाइछिपाई लैजाँदै गरेको अवस्थामा उक्त लागूऔषध र मोटरसाइकल सहित उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।