बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

शौचालयको छत भत्किँदा एउटै विद्यालयका चार बालबालिकाको मृत्यु

मंगलबार, जेष्ठ २८ २०७६

दार्चुला जेठ, २८– जिल्लाको नौगाड गाउँपालिका– ४ सिप्टीमा स्थानीय गणेश विनायक माविको शौचालयको छाना भत्किँदा विद्यालयमा अध्ययनरत चार बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ वर्षीया युनिका ठगुन्ना, अन्दाजी ७÷८ वर्षीया निरुता ठगुन्ना, ८÷९ वर्षीय सुदिश धामी र ९÷१० वर्षीया अनुष्का धामी रहेका छन् ।

मंगलबार विद्यालय बन्द भईसकेको समयमा शौचालयको छतमा खेलिरहेका बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीहरु सबैको शव शौचालयको छतले पुरिएको अवस्थामा निकालिएको थियो । प्रहरीका अनुसार अझै शवहरु फसेका हुन सक्ने भएकाले प्रहरीको टोली तथा स्थानीयहरुले उद्धार कार्यका जुटेका छन् ।