काठमाडौं जेठ, २७–
काठमाडौंको बानेश्वरबाट हतियारसहित एकजान पक्राउ परेका छन् । प्रहरीले बानेश्वरस्थित गैरीगाउँबाट अवैध हतियारसहित एकजनालाई पक्राउ गरेको । यद्यपि, प्रहरीले पक्राउ परेका व्यक्तिको नाम भने खुलाएको छैन ।
काठमाडौं प्रहरी परिसर, टेकुले घटनाबारे पुष्टि गरे पनि थप विवरण खुलाएको छैन ।
काठमाडौं प्रहरीको नयाँ प्रमुखमा एसपी उत्तमराज सुवेदी आएदेखि नै उनले टोले गुण्डाको हिसाबकिताब गर्ने बताएका थिए । उनले अवैध नियन्त्रण पनि प्राथमिकतामा रहेको जनाएका थिए ।