झापा जेठ, २४–
दमक नगरपालिका १ स्थित पाँचथर फागुनन्द गाउँपालिका(५ बस्ने ३० वर्षीय सुरज चेम्जोङलाई ३ सय ५० ग्राम तौल बराबरको सालकको खपेटा सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानमा अवैध सरसामान ओसारपोसार हुँदैछ भन्ने सूचनाको आधारमा प्रहरी टोली खटी गई जाँच गर्ने क्रममा चेम्जोङलाई उक्त खपेटा सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।