बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अमेरीकी सहयोग आइएनजिओ मार्फत, बजेट भित्र ल्याउन सकेन सरकारले

बिहिबार, जेष्ठ २३ २०७६

काठमाडौं जेठ, २३–
अमेरीकाबाट देशमा भित्रने रकम मध्ये अधिकांश रकम आइएनजिओ मार्फत भित्रने गरेको छ । सरकारी संयन्त्रलाई नपत्याउँदै अमेरीकाले सरकारलाई आइएनजिओ मार्फत सहयोग गरेको हो ।

अर्थ मन्त्रालयका अनुसार अमेरीकाबाट आउने रकम ९२ प्रतिशत  आइएनजिओ मार्फत र ८ प्रतिशत मात्रै सरकारी बजेट भित्रबाट खर्च हुन्छ । यसरी बजेट बाहिरबाट खर्च भएको रकमको  अर्थतन्त्रमा के कस्तो असर पर्याे भन्ने कुनै लेखाजोखा नहुने बिज्ञ बताउँछन् ।

अमेरीका मात्रै होइन अन्य देशबाट पनि यसरी नै रकम भित्रने गरेको अर्थमन्त्रालय बताउँछ । देशमा भित्रने कुल बिदेशी सहायता मध्ये २२ प्रतिशत जति रकम गैरसरकारी संस्था तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्था मार्फत भित्रने गरेको छ । गत आर्थिक वर्षमा बिदेशीबाट आएको सहायता मध्ये बजेटबाट ७८ प्रतिशत  र २२ प्रतिशत बजेट बाहिरबाट आएको थियो । ं

गत आर्थिक वर्षको तुलनामा यस्तो रकम केहि नियन्त्रणमा आएपनि उल्लेखनिय रुपमा भने घट्न सकेको छैन । आर्थिक वर्ष २०७३÷०७४ मा बिदेशीबाट आएको रकम २७ प्रतिशत एनजिओ आइएनजिओ मार्फत आएको थियो । राजनीतिक नेर्तत्वमा प्रभाव पार्नका लागि यस्तो रकम प्रयोग हुने गर्छ । जसलाई सरकारले बजेट भित्रबाट ल्याउन प्रयास गरेपनि त्यो संभव हुन सकेको छैन ।

यो बिगतका तुलनामा केहि नियन्त्रण आएको देखिए पनि उल्लेखनिय रुपमा भने घट्न  सकेको छैन । विदेशीले  प्रतिबद्धता  गरेको सहयोग केहि बजेटबाट आउँछ भने केहि आइएनजिओ मार्फत । बजेटबाट आउने रकममा सरकारको नियन्त्रण हुने भए पनि आइएनजिओबाट आउने रकममा भने सरकारको नियन्त्रण हुन सक्दैन । जुन रकम विदेशी दाताले आफ्नो पक्षमा  नीति निर्माण प्रयोग गर्न  र प्रभावमा राख्नका लागि प्रयोग गर्छन् ।   

सरकारले अहिले बिदेशबाट बैदेशिक अनुदान र ऋण मार्फत रकम भित्राइरहेको छ । जुन बजेटमा स्पष्ट देखिन्छ ।

 

कोरिया र अष्ट्रेलियाबाट प्राप्त हुने अधिकांश सहायता बजेट बाहिर गएर आउने गरेको छ । सरकारी निकायहरुको खर्च क्षमता कमजोर देखाउँदै गरिने खर्च के सहि प्रयोजनमा भइरहेको छ त भनेर अध्ययन गर्न जरुरी छ ।  

गत वर्षको आँकडा हेर्ने हो भने कोरिया  र अष्ट्रेलियाबाट शत प्रतिशत रकम बजेट बाहिरबाट आएको थियो । त्यस्तै बेलायतबाट ४० भने युरोपेली युनियनबाट ३९ प्रतिशत रकम बजेट बाहिरबाट नै आएको थियो । यस्तो रकमले देशका नेता तथा कार्यकर्तालाई प्रभावमा पार्न सक्ने  जानकारहरु बताउँछन् । सम्पन्न मुलुकमा यस खालका सहायता भित्रन पाउँदैनन् । तर गरिब मुलुकमा सम्पन्न मुलुकहरुले यस्तै  रकम मार्फत प्रभाव जमाई राख्छन् ।