बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्राईम कर्मसियल बैंकले कन्काई बिकास बैंकलाई प्राप्ती गर्ने

बुधबार, जेष्ठ २२ २०७६

काठमाडौ जेठ, २२–
प्राईम कर्मसियल बैंकले कन्काई बिकास बैंकलाई प्राप्ती गर्ने भएको छ । काठमाण्डौ महानगरपालिका वडा नं. २८, कमलपोखरीं स्थित केन्द्रीय कार्यालय रहेको प्राइमले दमक–६, थाना रोड, झापा स्थित केन्द्रीय कार्यालय रहेको “ख” वर्गको वित्तीय संस्था कन्काईलाई प्राप्ति – (एक्विजिसन) गर्ने सम्वन्धी सहमतिपत्रमा बुुधबार एक समारोहका बिच सहमतिपत्रमा हस्ताक्षर गरेको छ । 
सहमतिपत्रमा प्राइम कमर्सियल बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष उदयमोहन श्रेष्ठ र कन्काईका तर्फबाट सञ्चालक समितिका अध्यक्ष सेवक दाहालले हस्ताक्षर गरेका हुुन । नियमनकारी निकाय, नेपाल राष्ट्र बैंकले प्राथमिकताका साथ जोड दिइरहेका विषयहरु मर्जर र एक्विजिसन, ग्रामीण क्षेत्रमा विशेषगरी कृषि क्षेत्रमा वित्तीय स्रोतको पहुँच वृद्धि, ग्रामीण क्षेत्रमा रोजगारी सिर्जनाको साथै थप सुदृढ र सवल बैंकको रुपमा मुलुकको समग्र आर्थिक विकासमा सहभागिता बढाउने उद्देश्यले कन्काईलाई एक्विजिसन गर्न सहमति जनाइएको छ । 
कन्काई विकास बैंक लिमिटेडका ग्रामीण क्षेत्रमा शाखा संजालहरु रहेका छन । प्राप्ति पश्चात प्राइम कमर्सियल बैंकको कुल शाखा संख्या ८९ हुनेछ ।  नेपाल राष्ट्र बैंक तथा अन्य नियमनकारी निकायको मार्ग निर्देशन बमोजिम एक्विजिसन कार्यलाई यथासम्भव छिटो सम्पन्न गर्ने सहमति भएको छ ।