काठमाडौं जेठ, १९–
कामना सेवा विकास बैंक लिमिटेडले क्रमिकरुपमा आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं. १ को मोरङ जिल्लाको धरान रोड, विराटनगर र सुन्सरी जिल्लाको इटहरी चोक, इटहरीमा शाखा खोलेको छ । बैंकले आईतबार ति स्थानहरुमा क्रमश आफ्नो ८५ औं र ८६ औं शाखा बिस्तार गरेको हो ।
बैंकका अध्यक्ष सुदिप आचार्य तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतको उपस्थितिमा नयाँ शाखाहरुको कारोबार शुभारम्भ भएको हो । 
सोहीक्रममा प्रमुख कार्यकारी अधिकृत बस्नेतले यी शाखा समेत गरि प्रदेश नं. १ मा ७ शाखा पुगेको र थप शाखाहरु पनि शीघ्र सञ्चालन मा आउने बताउँदै देशको उत्कृष्ट औद्योगिक र व्यापारिक क्षेत्र पूर्व नेपालमा शाखा विस्तारले व्यापार प्रवर्धनमा पनि गति मिल्न बताए । बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जालमार्फत आफ्ना ग्राहकहरुलाई उच्चस्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत बताए ।
काठमाडौं –३०, ज्ञानेश्वरमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा यी शाखा सहित ८६ वटा शाखा कार्यालयहरु तथा ३९ वटा एटिएम मार्फत आफना ग्राहकहरुलाई सेवा प्रदान गर्ने भएको छ । साथै बैंकले एबिबिएस, इन्टरनेट बैकिङ, मोवाईल बैंकिङ। सि आस्वा,डिम्याट एकाउन्ट लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको छ ।